झाँकीसहित रेशम चौधरी दल दर्ता गर्न पुगे निर्वाचन आयोग


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
10K
SHARES

१९ पुस काठमाडौं। निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन्। डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र्र यालीसहित आयोगको कार्यालय पुगेका हुन्।

यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए। तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन्। उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन्।