अर्ली इलेक्सनको कुरा कुन नैतिकताले गरेको – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
4.5K
SHARES

९ माघ काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्ने मनसायका साथ वैशाखमा संसदीय चुनावको प्रस्ताव आएको बताएका छन् ।

ओलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका छन् ।

उनले भनेका छन्, “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई संविधानको जीतका रुपमा व्याख्या गर्ने नेताहरु आज कुनै नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सनको कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्दैन ?”