मतगणना स्थलबाट २ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
5.8K
SHARES

६ जेठ काठमाडौं ।  पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाईउ पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।

पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ