शरणार्थी प्रकरणबारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ७ २०८०
1.4K
SHARES

७ जेठ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफै बाहिर आएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैले बाघ मारेजस्तो हल्ला गरिरहेको बताए । उनले सरकारले जुँगामा ताउ लगाउन आवश्यक नरहेको बताए ।

ओलीले गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ? भन्ने प्रश्न गरे । उनले भुटानी शरणार्थी प्रकरण पचाउन नसक्ने भएपछि आफै विस्फोट भएको बताए । “आफै विस्फोट भएर आयो । भुइँचालो आफै आयो । यो रोक्न सकिँदैनथ्यो । छेक्न सकिँदैनथ्यो,” ओलीले भने ।