धन्न संबिधान नै पुर्नलेखन गरौ,भन्नु भएन – नेता तामाङ
९ जेठ काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङले आज आफ्नो सामाजिक संजाल फेसबुकमा एमालेले अहिले गरेको नीति तथा कार्यक्रमको विरोधको बारे आफ्नो कुरा उल्लेख गरेका छन । नेता तामाङले निति योजना कार्यक्रम चिन्तबुझ्दो बन्दैन महोदय, धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन भनेर भनेका छन ।
उनले यस्तो लेखेका छन निशेधको कलममा कुण्ठाको मसिले
जति पटक पुनरलेखन गरे पनि”निति योजना कार्यक्रम”
चिन्तबुझ्दो बन्दैन महोदय,
धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन ।,
जसरि तपाईको हिनता र आग्रहको फ्लप लिखत पुन कलिब्यासहरुले लेखेका हुन् ।
तपाई मञ्चित ” आदर्श राम राज्यको” नाटकको दर्शकदिर्धामा हामी साक्षि बसेकै हो ।
यसर्थ यो निति-योजना भाग २ हो पनि भनिएको छैन कतै ।
यत्ति हो,बाम बिभाजनको डोको भित्र उम्रदै गरेको सिउडीका सामु जनअपेक्षा,बर्तमान आवश्यकता र युगको आह्वान बिच सहमति र सहकार्यको झण्डा नवपुस्ताले उठाउला कि भन्ने अपेक्षा बिच ”सति” कै फेरो समात्ने झुर पुस्ताको समयले हिसाव राख्ने छ ।