स्वस्तिक अस्पताल र कुमारी बैङ्कबीच उपचार सेवामा छुट सेवा सम्बन्धी सम्झौता
२९ साउन धनगढी ।आज कुमारी बैङ्क लिमिटेड सुदूरपश्चिम प्रदेश र धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) बिच सम्झौता भएको छ ।
बैकमा कार्यरत कर्मचारीहरूले स्वस्तिक अस्पतालमा उपचार गराउँदा सेवामा छुट प्रदान गर्ने गरी आइतबार अस्पताल र बैक बिच सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि का अध्यक्ष महेश राज जोशी र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बैकका प्रदेश प्रमुख नवीन मुनि बज्राचार्यले हस्ताक्षर गर्नुभएको हो ।