कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच सम्झौता , ग्राहकले छुट पाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
2.4K
SHARES

१ भदौ काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो ग्राहकहरुलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।