कामना सेवा विकास बैंक र टि थ्री थकालिबीच सम्झौता , ग्राहकलाई छुट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
2.9K
SHARES

१ भदौ काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपबीच बिहीवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो ग्राहकहरुलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राकहले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।