अपर लोहोरे खोलाको हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त
३ भदौ काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा साउन २९ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले भदौ ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खोज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सबन्धि सम्पूर्ण कार्य गर्नेछ ।