हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र ७ २०८०
2.8K
SHARES
७ भदौ काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २०० रूपैयाँ अंकित मूल्यमा उक्त शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्नसक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काडमाडौंको शेयर विभागमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट