भर्खर जन्मेको पार्टीबाट देश र जनताको हित सम्भव हुँदैन – विप्लव


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१
3.3K
SHARES

३ कार्तिक काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रातारात जन्मेको कुनै पनि पार्टीबाट देश र जनताको हित सम्भव नहुने बताएका छन् ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव नभएको बताए ।

“केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउजस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन,” उनले भने ।