आर्थिक सुधार र सुशासनमा सरकार अघि बढेकोमा सन्तोष – सत्तारुढ दल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
1.7K
SHARES

९ कात्तिक काठमाडौं । सत्तागठबन्धन दलका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गरेका छन् ।बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकले ७ बुँदे संयुक्त वक्तव् जारी गर्दै अहिलेसम्मका कामको समर्थन र आगामी दिनमा प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिको जगमा सरकार बनेपछि मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको गठबन्धनको निष्कर्ष छ ।सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण सार्वजनिक गरेका छन् ।