चलचित्र ‘द ब्ल्यू लाइट’को घोषणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
1.8K
SHARES

६ जेठ काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरमा रमन ग्रे छन् । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।

चलचित्रको थिम पोस्टरमा निलो रङको बीचमा एक महिला उभिएकी छन् । उनको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि जस्तो लाग्छ । तर, निर्देशकले चलचित्रको कथा र कलाकारबारे केही जानकारी दिएका छैनन् ।उनले कलाकारबारे पनि केही जानकारी नदिए पनि स्रोतका अनुसार बेनिशा हमाल अनुबन्ध भइसकेकी छन् । अन्य कलाकार अनुबन्ध हुने क्रममा छन् ।