चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक
१६ साउन काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा हरिवंश आचार्य छन् । हरिबहादुर पात्र टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका हुन् ।दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र दसैँको फूलपाती (असोज १३ गते)देखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकास सपूतको संगीत रहेको छ ।