कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२
1.6K
SHARES

२० कात्तिक काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश र ३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । बैंकले सरकारको नाममा रहेको अग्राधिकार सेयर पुँजीमा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।