पवनकुमार आचार्य सानिमा बैंकको सीईओ नियुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
779
SHARES

२५ कात्तिक काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् । सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।