‘हामी तीन भाइ’ चैत १३ गतेबाट हलमा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
2.8K
SHARES

१६ पुस काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माणपक्षले बुधबार चलचित्रको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

चलचित्रमा निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको छ । चलचित्रमा मुख्य भूमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेललगायतको अभिनय छ ।