टेकुमा गोली हानेर प्रहरीले ३ जना लागुऔषध कारोबारी समात्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०८३
931
SHARES

३ साउन काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन व्युरोले टेकुमा गोली प्रहार गरी तीन कारोबारीलाई नियन्त्रणमा लिएको छ ।व्युरो  अनुसार गोली प्रहारबाट एक भारतीय नागरिक घाइते छन् ।

दुई नेपाली नागरिक पक्राउ परेका छन् । घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।

प्रहरीले विभिन्न स्थानबाट पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा फेला परेका थिए ।