डिल्लीबजारमा भेटियो गाँजाको धुलोसँगै सवा लाख


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ४ २०८३
817
SHARES

४ साउन काठमाडौं । काठमाडौंको डिल्लीबजारमा प्रहरीले ४ किलो ७२० ग्राम गाँजाको धुलो र सवा लाख नगद फेला परेको छ । डिल्लीबजारमा लागुऔषध कारोबार भइरहेको खबर पाएपछि प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले छापा मार्ने क्रममा दुई जनाको साथबाट उक्त परिमाणको गाँजा र नगद भेटिएको हो ।

रामेछापको मन्थली नगरपालिका–३ घर भई हाल काठमाडौं–२९ बस्दै आएका ५४ वर्षीय श्याम खत्री र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ घर भई हाल काठमाडौं–२८ बस्दै आएका ४८ वर्षीय वसन्त थापाको कोठामा उक्त गाँजाको धुलो फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले एक लाख २५ हजार ८२५ रुपैयाँ नगद बरामद गरिएको र दुवैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।