एमाले नेता श्रेष्ठद्वारा राजनीतिबाट सन्न्यासको घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २८ २०७८
2.9K
SHARES

२८ पुस काठमाडौं। नेकपा एमालेका नेता जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्ने अभियानमा अविच्छिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।’ नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट आफूलाई सर्वसम्मत नबनाइएपछि श्रेष्ठ असन्तुष्ट थिए।

उनी जिल्लामा लोकप्रिय र शालीन नेता भनेर चिनिन्छन्। उनी दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए। अध्यक्षमा दाबेदारी व्यक्त गरेका श्रेष्ठ र अर्का उम्मेदवार निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरबीच सहमति नहुँदा अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो।