मतदानका लागि जाँदै गरेका प्रदेश सांसद घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १२ २०७८
5.5K
SHARES

१२ माघ दाङ। लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते भएका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्।

सांसद चौधरी सवार गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख)  मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो।