हिम्मत भए स्ववियु चुनावमा आउ नत्र भ्रमको खेती बन्द गर – नेता कार्की


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १७ २०७८
17.4K
SHARES

१७ माघ काठमाडौ । स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ भन्नेमा कुनै दुइमत छैन तर निर्वाचन हुन स्थानीय तहको निर्वाचन भएको ५ बर्ष अबधी पुरा हुनुपर्छ ।

यो कुरा पनि सबैले बुझौं कि यो भन्दा अगाडी २०७४ सालमा स्थानिय तहको निर्वाचन ३ चरणमा सम्पन्न भएको थियो जस्को पहिलो चरण बैशाखमा र अन्तिम चरण अशोजमा सम्पन्न भएको थियो ।

त्यसकारण समय अबधी ५ बर्ष पूरा हुने समय कहिले पूरा हुन्छ भन्नेमा साधारण ब्यक्ती लाई पनि थाहा हुन्छ कि अन्तिम चरणलाई नै पुर्ण अबधी मानिन्छ । तसर्थ स्थानीय तहको अबधी २०७९ असोज मा सम्पन्न हुन्छ ! त्यसैले स्थानिय तहको निर्वाचन समयमै हुनेछ ।

हामिले भनेको यत्ती होकि बर्ष भरी चुनाव गरिराख्नु भन्दा स्थानीय तह,प्रदेश र संघको निर्वाचन एकैचोटि गरौं ताकी समयको पनि बचत चुनावी खर्छ पनि कम हुने हुदा सबै तहको निर्वाचन एकैचोटि गरौं । तर कानुनी बाध्यताका कारण यो मिल्दैन भने कानुन संशोधन गरौं ।

यस्मा पनि कसैलाई आपत्ति हो भने जतिबेला पनि निर्वाचनमा सहभागी हुन हामी तयार नै छौं । नेकपा एमाले लगाएत केही राजनैतिक दलले आफ्नो स्वार्थ पुर्तिका लागि जनतामा भ्रम फैलाई रहेका छन आम रुपमा छर्लङ्ग रहेको समय अबधिलाई समेत भ्रम पैदा गर्न खोजेको प्रस्ट नै छ । तर एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु ले स्थानीय तहको निर्वाचनको माग राखी आन्दोलन गर्नु एकदमै हास्यास्पद छ ।

किनकी विद्यार्थी संगठनले स्ववियु को निर्वाचनको माग गर्नुपर्नेमा आफू स्ववियु निर्वाचनमा हार्ने र पत्तासाफ हुने डरले आफ्नो एजेन्डा बाट बिमुख भएर भ्रमको खेतिमा लाग्नु कति उचित हुन्छ ? त्यसकारण म एमाले निकट अनेरास्ववियु लाई यो चुनौती दिन चाहान्छु कि हिम्मत भए आउनुस स्ववियु निर्वाचनमा जाऔं र छिनोफानो गरौं । नत्र बेमौसमको बाजा बजाएर भ्रम छर्न छाड्नुहोस। आम विद्यार्थीहरुले तपाईहरुको चरित्र चित्रण गरेकै छन कि तपाईहरु आफ्नो बा प्रधानमन्त्री हुंदा विद्यार्थी आन्दोलन लाई बिसर्जन गरि के सम्म गर्न भ्याउनु भएन भनेर ।

अन्तत देशका सबै आबधिक निर्वाचनहरु समयमै हुनुपर्छ तर कसैको भ्रममा परेर हैन यथार्थका आधारमा हुनुपर्छ भन्नेमा हामी सबै एक्जुट बनौं । विद्यार्थी संगठनले तत्काल विद्यार्थी हरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गरौं जो बर्शौं देखि हुन सकेको छैन जस्का कारण विद्यार्थी हकहित र शैक्षिक अधिकार ओझेलमा परिरहेका छन यो मुद्धामा सबै एकाकार हुनु आजको विद्यार्थी आन्दोलनको मुख्य बिषय बस्तु हुनुपर्दछ ।