रामकुमारी झाँक्री पराजित


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १२ २०८१
7.3K
SHARES

१२ भदौ काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।

नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् ।

राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् ।