प्रकाश तामाङले २/४ दिनभित्रै नागरिकता पाउँछन् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १२ २०८१
3.1K
SHARES

१२ भदौ काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले बताए बुधबार विहानै सामाजिक सञ्जालमार्फत ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने कुरा पनि भएको बताए ।