यस्तो हुनेछ अखिल (क्रान्तिकारी)को पदाधिकारी र केन्द्रीय सदस्य
१५ भदौ काठमाडौं।नेकपा माअोवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीले ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ । जम्बो पदाधिकारीसहित केन्द्रीय समिति बनाएको आरोप खेपेको अखिल क्रान्तिकारीले सानो कमिटी बनाउने गृहकार्य थालेको हो ।आगामी असोज २ देखि ५ गतेसम्म हुने संगठनको महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय सदस्य चुस्त दुरूस्त बनाउन विधान मस्यौदामार्फत प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।
‘हामीले संगठनलाई सानो आकारमा बनाएर चुस्त बनाउने प्रयास गरेका हौँ, यसका लागि संगठनमा छलफल सुरू भएको छ, यसका लागि विधान सम्मेलन मार्फत संगठनको विधान फाइनल हुने छ त्यसपछि २३ औं राष्ट्रिय सम्मेलनबाट कार्यन्वयनमा जानेछ, यो सम्मेलनको निर्वाचनबाट कमिटी चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ,’ उनलले भने ।
अहिले नयाँ विधानमा सबै समूदाय र लिंगको समेत प्रतिनिधित्व हुने गरी प्रस्ताव तयार गरेको उनको दाबी छ । प्रस्तावित विधान मस्यौदाअनुसार पदाधिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष हुने छन् ।