मैले १७ हजार मान्छे मारेको छु र – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
3.8K
SHARES

१६ भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’