देशलाई प्रचण्डले श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २० २०८१
3.3K
SHARES

२० भदौ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहाेर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।  प्रेस चौतारी कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्।

‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेकखाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। यो लोकतान्त्रिक हुन सक्दैन।’नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई संवोधन गर्न पोखरेल सुर्खेत पुगेका हुन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजग शाहले दिए।