राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ३१ २०८१
2.1K
SHARES

३१ भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

adsfg-1726473627.jpg