अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन स्थगित
१ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ ।
असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो ।
विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित गरिएको संगठनका अध्यक्ष पञ्चा सिंहले जानकारी दिईन ।
उनका अनुसार एउटा भौगोलिक मधशे प्रदेश, उपत्यका विषेश र बाँकी गैरभौगोलिदक प्रदेश ७ वटा विश्विद्यालयको सम्मेलन हुन बाँकी रहेको उनको भनाई छ । बुधबार बिहान बिहान ८ बजे बस्ने कार्यालय बैठकले स्थगित भएपछिको सम्मेलनको नयाँ कार्यतालिका सार्वजनिक गरिने अध्यक्ष सिंहले बताईन ।