संविधान संशोधन गरेर प्रदेश खारेज गरौं – चित्रबहादुर केसी


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ५ २०८१
2.2K
SHARES

५ असोज रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनले बताए ।

शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन गर्छौ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडि भन्न नसक्दा आशंका उत्पन्न भएको बताउंदै उनले जनतालाई प्रष्ट पारेर संघीयता खोरज गर्ने गरी संविधान संशोधन गर्न आग्रह गरे ।

प्रदेशमा हुने ४ खर्व बजेट स्थानीय तहमा पठाएर जनचाहनाअनुसार विकासमा लगाउनुपर्ने बताउँंदै केसीले भने– ’प्रदेशको अनावश्यक खर्चले देश कंगाल भयो । संघीयताविरुद्व देशमा ठूलो जनमत तयार भएपनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न नसकेको कमजोरी भयो, सत्ता, शक्ति र पैशाको आडमा चुनाव हुंदा सही एजेण्डा बोकेको राष्ट्रिय जनमोर्चा पछि परेको छ ।’