धाँधली हुनसक्छ, पार्टीको प्रतिनिधि खटाउनु – माओवादी केन्द्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २२ २०८१
11.1K
SHARES

२२ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि वडा र पालिकाहरूमा चुनाव प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा पार्टी मतदाताहरूको नामावली छुट्न सक्ने भएकाले तुरुन्त पहल लिएर अभिलेखीकरण गराउने पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

परिपत्रमा भनिएको छ, ‘उप–निर्वाचन हुन गइरहेका प्रचार–प्रसारलाई व्यवस्थित गर्न जन भेटघाट, घरदैलो, पिँडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरु गर्ने । सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारको व्यवस्था मिलाउने । सांस्कृतिक टिम निर्माण गरी प्रचार–प्रसारलाई व्यवस्थित गर्ने ।’

पार्टीको नेतृत्वमा सबै जनवर्गीय संगठन, मोर्चाहरू तथा युवाहरूको टोली बनाएर परिचालन गर्ने, मतदानको दिन मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न ध्यान दिन निर्देशन दिएका छन्।