निर्वाचनमा एमालेले बहुमत ल्याउँछ – नेता प्रसाईं
१७ पुस काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आगामी निर्वाचनमा नेकपा एमाललेले बहुमत हासिल गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता प्रसाईंले जनताले अब देशका लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसकेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका हुन्।
आगामी निर्वाचनमा एक करोड मत खसे ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाइ छ। आफ्नो पार्टीले देशको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि उनले बताए। एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले उल्लेख गरे।