पार्टी विभाजन बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
5.8K
SHARES

१८ पुस काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर समाजवाद नआउने बताएका छन्।आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीले आरोप लगाएा हुन्।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले शनिबारराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाए।

उनले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गरे।