अखिल (क्रान्तिकारी)को २३ औँ सम्मेलन आजदेखि
१० असोज काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् ।
उद्घाटनपछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
यसपटक अध्यक्षका लागि केशव रावल ,मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नरायण खनाल लगायत नेताहरु आकांक्षी देखिएका छन् ।