पूर्वराजा भुटान प्रस्थान


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १७ २०८१
2.9K
SHARES

१७ असोज काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जानुभएको छ । उहाँ आज बिहान ड्र्र्र्क एअरको उडान नम्बर केबी-४०१ मा काठमाडौँबाट पारो प्रस्थान गर्नुभएको हो ।  पूर्वराजा शाहसँगै पूर्वयुवराज्ञी प्रेरणा राज्यलक्ष्मी सिंह,सिताष्मा राज्यलक्ष्मी सिंह,राजेशबहादुर सिंह र जगदिशचन्द्र हमाल पनि छन् । पूर्वराजपरिवारको भुटान भ्रमणबारे थप जानकारी गराइएको छैन ।

घटस्थापनाको दिन अर्थात् दशैँ लागेलगत्तै विदेश उड्नुभएका पूर्वराजा असोज २० गते सोही उडानबाट काठमाडौँ फर्किने कार्यक्रम छ ।  नेपाल भ्रमणमा रहेका भुटानी राजकुमार जिग्मे दोर्जे वाङ्गचुक पनि डार्कको सोही उडानमा छन् ।