मैले रविलाई क्लीन चिट दिएको छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २० २०८१
4.5K
SHARES

२० असोज चितवन । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।

आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने निकायमा केही प्रमाण छ भने दिनुस् भनेर सोध्दा तीनवटै सुरक्षा निकाय र पोखरा प्रहरीले प्रमाण नभएको बताएको भन्दै प्रचण्डले बताए ।