कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् – नेता डा. शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २१ २०८१
2.7K
SHARES

२१ असोज काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ने – ता कार्यकर्तालाई कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने गरी खट्न निर्देशन दिएका छन्।बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए।

उनले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनको लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए। उनले १५ औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा अन्त्य हुने जिकिर गरे।

इमानदार र योग्यहरूले अवसर दिने नेतृत्व महाधिवेशनबाट आउने बताए।भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सांसद सीता मिजारलगायत उपस्थित थिए।