एसका नेताहरूको समूह एमालेमा जानसक्छ – नेता मिश्र


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१
4.9K
SHARES

३ कार्तिक काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा(एमाले) सँग एकीकरण गर्नुपर्ने बताएका छन्।नेकपा(एकीकृत समाजवादी) ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन्।

शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिए।

उनले तत्कालीन पार्टी(एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनै पनि त्रुटी, कमीकमजोरी र असन्तुष्टिहरू नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए।

उनले भने, ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ। त्यो गर्न सकिएन भने पनि जे–जे त्रुटी, कमजोरी भएर पार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरू भए या राजनीतिक रूपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीले नगरोस्।’

उनले पार्टीको दशौं महाधिवेशनको म्याण्डेड विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरूको असन्तुष्टि रहेको बताए। उनले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरीत पदाधिकारी र पोलिटब्युरो चयन हुनु त्रुटीपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने बताए।