यो भैँसीले बाघ मार्ने देश हो, रास्वपालाई नहेप्नू – विराजभक्त श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
4.8K
SHARES

९ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए ।

“यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” श्रेष्ठले भने, “९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?”उनले विकृति र विसंगति रोकेर सुशासन ल्याउनुपर्ने सरकार रवि लामिछानेलाई फसाउन लागिरहेको पनि आरोप लगाए ।